युवा उद्यमशीलता विकास गरी उत्पादन वृद्धिमा जोड
काठमाडाैं | चैत २७, २०७८
काठमाडौँ, चैत २७ गते । काठमाडौँ घोषणापत्र जारी गर्दै काठमाडौँमा सञ्चालन भएको दुई दिने ‘सहकारी उद्यमशीलता राष्ट्रिय युवा सम्मेलन २०७८’ सम्पन्न भएको छ ।
सहकारीमार्फत युवाको उद्यमशीलता विकास गर्दै उत्पादन वृद्धि र आयात प्रतिस्थापन गरी सहकारीलाई अर्थतन्त्रको एक सबल खम्बाका रूपमा स्थापित गर्ने मुख्य उद्देश्यका साथ राष्ट्रिय सहकारी महासङ्घको आयोजनामा सम्मेलन आयोजना भएको थियो । सहकारीमा युवाको अर्थपूर्ण सहभागिता तथा उद्यमशीलता वृद्धिका लागि विद्यमान कानुनको संशोधन र विनियम तथा आन्तरिक कार्यविधिको परिमार्जन गरी अनुकूल वातावरण निर्माणका लागि संयुक्त पहलकदमी गर्ने सम्मेलनले जारी गरेको घोषणापत्रमा उल्लेख छ ।
युवालाई उद्यमशीलताका लागि प्रेरित गर्न सम्पूर्ण सहकारी सङ्घसंस्थामा युवा समन्वय उपसमिति गठन गरी युवा लक्षित कार्यक्रम सञ्चालन गर्ने तथा सहकारीमार्फत उत्पादित वस्तु तथा सेवाको मूल्य तथा आपूर्ति शृङ्खला विकास गरी सहकारी ब्रान्ड प्रवद्र्धन गर्ने घोषणापत्रमा उल्लेख छ ।
यसैगरी घोषणापत्रमा युवाको नवीनतम सोच र सिर्जनात्मक क्षमतालाई पूर्ण उपयोग हुनेगरी सहकारी सङ्घसंस्थाको पुँजीलाई सहकारी उद्यम विकासमा अधिकतम परिचालन गर्ने, सहकारी सङ्घसंस्थाको वस्तु तथा सेवालाई प्रतिस्पर्धी बनाउन सहकारी शिक्षा तथा नवीनतम प्रविधिको प्रयोगमा व्यापकता ल्याउने तथा सहकारीमा युवा उद्यमशीताका नतिजाको तथ्याङ्क एकीकृत गरी सहकारीको सक्षमता प्रदर्शन गर्ने उल्लेख छ ।
सहकारी युवा उद्यमशीलतालाई व्यापक बनाउन र उत्पादन तथा उत्पादकत्व वृद्धि एवं रोजगारी सिर्जना गर्न सार्वजनिक, निजी र सहकारी साझेदारी मोडेललाई प्रभावकारी बनाउने सम्मेलनले घोषणा गरेको छ ।
पोखरा । गण्डकी स्पोर्टस् क्लबको आयोजनामा सम्पन्न पहिलो संस्करणको ३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि न्यूरोड एफसीले जितेको छ । पोखरा महानगरपालिका ५ मालेपाटन...
पोखरा २९ भण्डारढिकमा जारी ‘तेस्रो सूर्यतारा खेल महोत्सव २०८२’ अन्तरगत शनिबारसेभेन ए साइड फुटबल प्रतियोगितातर्फ ७ खेल सम्पन्न भएका छन् । क्लबका अध्यक्ष विष्णुु पुन...
पोखरा। गण्डकी स्पोर्टस् क्लबको आयोजनामा मालेपाटनमा जारी पहिलो संस्करणको ३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधिका लागि न्यूरोड एफसी र एनके एफसी भिड्ने भएका छन् । &n...

